सामसुङले ५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै

२५ भदौ, काठमाडौं ।विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् कम्पनी मध्येको एक सामसुङका सबै इलेक्ट्रोनिक्स प्रडक्टहरुलाई लिएर मानिसहरु उत्साहित हुने गर्दछन् ।

सामसुङ संसारको सबैभन्दा लोकप्रिय तथा ठूलो स्मार्टफोन ब्राण्ड हो । यहीँ सिलसिलामा सामसुङले क्यामरा प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्ने भएको छ ।

एक रिपोर्टअनुसार स्मार्टफोन क्यामरा प्रविधिको प्रयोग गरी सामसुङले ५ सय ७६ मेगापिक्सेलको क्यामरा निर्माण गर्ने काम गरिरहेको छ । यद्यपि उक्त क्यामरा बनेर तयार हुनका लागि ४ वर्ष अर्थात् सन् २०२५ सम्मको समय लाग्न सक्दछ ।

सामसुङका वरिष्ठ उपाध्यक्ष तथा अटोमोटिभ सेन्सर्स विभागका प्रमुख हार्चाङ्ग ली ले सेमी युरोप सम्मेलन २०२१ मा क्यामरा सेन्सरको मार्गचित्रका बारेमा कुराकानी गर्दै एक प्रस्तुति दिएका थिए । जसमा सन् २०२५ सम्ममा ५ सय ७६ मेगापिक्सेलको क्यामराको बारेमा चर्चा गरिएको थियो ।

उनको उक्त प्रस्तुतिअनुसार सामसुङले बनाउने ५ सय ७६ मेगापिक्सेलको क्यामरा अटोमोबाइल क्षेत्रमा प्रयोग गरिनेछ ।

एजेन्सी

प्रकाशित मिति : २०७८ भाद्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस