विष्णु पौडेलको चुनावी रणनीति: रिसाएका बुटवलबासीलाई रिझाउन बुटवल राजधानी सार्ने दाबी

बुटवल । प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने समयमा दाङ राजधानी लैजाने बेला बुटवलबासीको नजरमा चुप लागेर बसेको आरोप खेपेका नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र न-२ का प्रतिनिधि सभाका उम्मेदवार रहेका विष्णु प्रसाद पौडेलले मंसिर ४ गते हुने निर्वाचनको पूर्वसन्ध्यामा दाङ लगिएको राजधानीलाई बुटवल ल्याएरै छाड्ने बताए ।

०७४ सालको निर्वाचनका वेला बुटवलबासीलाई प्रदेशको राजधानी बुटवलमा नै स्थापित गराउने भन्दै चुनावी घोषणापत्रमा प्रतिबद्धता गर्ने मात्रै होईन औपचारिक कार्यक्रममा समेत भाषण गरेका नेता पौडेल संग रिसाएका बुटवलबासीले अर्थमन्त्री पद संग राजधानी साटेको भन्दै बुटवलमा कालो झण्डा देखाएर विरोध सम्म गरे । त्यसपश्चात् बुटवलबासीलाई भुलाउन बुटवललाई आर्थिक राजधानी बनाउने आश्वासन दिएका थिए ।

तर, शुक्रवार हिमालय टेलिभिजनले रुपन्देहीको भलवारीमा आयोजना गरेको “निर्वाचन महासंग्राम” कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । तत्कालीन समयमा प्रदेश न-५ को प्रदेश सरकार एमालेका हालका महासचिव शंकर पोख्रेल नेतृत्वमा सञ्चालन हुँदा प्रदेशसभामा स्थायी राजधानी बुटवल- दाङ भन्ने विषय लामो समय विवादित बनेपछि मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारले राजधानी र नाम राख्ने बिषयमा मतदान प्रक्रियाबाट टुंगो लगायो । मतदानमा दाङ, देउखुरी उपत्यकाको मसुरिया स्थानमा स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी राख्नेमा प्रदेश सांसदहरुले बहुमत मत खसालेका थिए ।

तर, शुक्रबारको कार्यक्रममा एमाले नेता पौडेलले प्रक्रियागत रुपमा दाङमा तोकिएको राजधानीलाई बुटवल ल्याउने दाबी गरेपछि चुनावको मुखमा निर्वाचन जित्नको लागि राजधानी एजेण्डालाई अस्त्र बनाएको चर्चा चलेको छ । कार्यक्रममा नेता पौडेलले भने, एउटा प्रदेश सभाले गरेको निर्णयलाई अर्को प्रदेश सभाले उल्ट्याउन मिल्ने बताउँदै राजधानी बुटवल ल्याएरै छाड्ने जिकिर गरे ।

उनले थपे, दाङ राजधानी सार्ने क्रममा आफुले प्रतिकार गरेपनि परिस्थितिले सम्भव नभएको भनी आफ्नो प्रष्ट रुपमा बचाउ गर्दै, आगामी निर्वाचनमा लुम्बिनी बाट एमालेको सरकार वन्ने र राजधानी बुटवल ल्याउने तर्क गरे । नेता पौडेलले न्यायको लडाइँमा कहिलेकाहीँ सफलता हुँदो रहेनछ । उनले भने “रुपन्देही बासीहरुलाई म आग्रह गर्न चाहान्छु यो लडाइँमा हामीले सफलता प्राप्त गरेका छनौं” । तर दाङमा रुपन्देही बाट राजधानी सरेको छ। यो कुनै ढुङ्गाको अक्षर होईन,यो कुनै अर्को प्रदेश सभाले त्यो चाँही चकले लेखिएको अक्षरलाई डस्टरले मेट्न सक्छ र अर्को नाम लेख्न सक्छ भने ।

प्रतिक्रिया दिनुहोस