राप्ती प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राडा. बसन्त लामीछाने नियुक्त
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त शिक्षाध्यक्षमा प्राध्यापक डा. बसन्त लामीछाने नियुक्त भएका छन । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछानेले मंसिर १६ गतेदेखि लागु हुने गरि बसन्तलाई निमित्त शिक्षाध्यक्षमा नियुक्त गरेका हुन ।
यसअघि शिक्षाध्यक्ष भई उनले काम गरि सकेका छन । बिगतमा पनि प्रतिष्ठानको बिभीन्न पदाधिकारी जिम्मेवारीमा रहि उनले काम गरिसकेको अनुभब छ । केही समय निमित्त उपकुलपती भएर पनि बसन्तले जिम्मेवारी सम्हालेका थिए ।
आफुलाई बिश्वास गरेर निमित्त शिक्षाध्यक्षको जिम्मेवारी दिने प्रतिष्ठानका उपकुलपती लगायत सबैलाई धन्यवाद दिदै पदिय जिम्मेवारी अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिष्ठानको प्रसुति बिभागको बिभागिय प्रमुख रहि लामो समयदेखि प्रसुती रोग विशेषज्ञकारुपमा आफ्नो चिकित्सा सेवा उनले दिदै आएका छन ।
प्रतिक्रिया दिनुहोस