दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते

लमहि । यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौ जादैँ गरेको कर्णाली प्रदेश ००–००१ख०२१९ नम्बरको बस लमही नगरपालिका वडा नं. ३ नारायणपुर स्थिति दुर्घटना हुदाँ २९ जना यात्रु घाईते भएका हुन् । उनीहरुको अबस्था मध्यम रहेको छ ।

आइतवार विहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना घाइतेहरूको थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस