तुलसीपुरमा महोत्सव बढ्दै दर्शक
तुल्सिपुर । मंसिर २५ गते देखि दाङको तुलसीपुरमा सञ्चालन भएको महोत्सवमा दर्शकहरु बढन थालेका छन । एक पछि अर्काे दिन गर्दै दर्शक बढ्दै गएका हुन ।
पुस ६ गतेसम्म सञ्चालन हुने लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको बुधवार चौथो दिन उल्लेख्य दर्शकको सहभागिता रहेको थियो ।
महोत्सव भित्र राखिएका स्टलहरुदेखि मनोरञ्जन स्थलसम्म तथा सास्कृति कार्यक्रम सम्ममा दर्शकको बाक्लो उपस्थिति रहेकाहुदा े आयोजकलाई समेत हौसला थप हुदै गएको महोत्सव मुलल आयोजक समितिका संयोजक तथा युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले बताए ।
यूथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुरमा पुस्तकालय स्थापनार्थ महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको चौथो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।
बुधवार गायक रामजी खाँण, मञ्जु पौडेल लगायतकाको प्रस्तुति रहेको थियो । महोत्सवको चौथो दिन ५ हजार बढी दर्शकले मेला अवलोकन गरेको आयोजकले बताएको छ ।

तुलसीपुरमा पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवले स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने थप उद्देश्यछ । महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुने छ ।